मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्यो बोनस

0
Shares

मितेरी डेभलपमेन्ट बैंक (MDB) ले गत आव २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको माघ २२ गते सम्पन्न बैठकले चुक्ता पूँजी ५८ करोड ५० लाखको १९.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमध्ये १८.५२५ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंक सञ्चालक समिति बैठकले १० करोड ८३ लाख ७१ हजार २५० रुपैयाँ बराबरको बोनस शेयर र ५७ लाख ३ हजार ७५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ६९ करोड ३३ लाख ७१ हजार रुपैयाँ पुग्नेछ।

आव २०७४/७५ मा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति: २३ माघ २०७६, बिहीबार  १० : ३१ बजे