नेपाल हाईड्रो एण्ड इलेक्ट्रिकले बोलायो साधारण सभा

0
Shares

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडले साउन ६ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ ।

असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही, बुटवलमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने छ ।

साथै सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कर समेत १०.५३ प्रतिशत नगद लाभांश (१० प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनका लागि ०. ५३ प्रतिशत नगद लाभांश) वितरणको प्रस्ताव गरिएको छ ।

बोनस सेयर जारी गर्दा कम्पनीको पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम हुने गरी कम्पनीको नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सभाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट ऋण सीमा स्वीकृतिको प्रस्ताव पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिको भत्ता र अन्य भत्ताहरूको पुनरावलोकन गर्ने सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।