सर्वोत्तम स्टील्सको कारोबार निरन्तर घट्दै, ६ महिनाको सञ्चालन आम्दानी साढे २ अर्ब

0
Shares

व्यापारिक घराना शौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टील्सले चालु आवको ६ महिनामा २ अर्ब ६३ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ ।

गत आवमा ७ अर्ब ७५ करोड ३० लाख बराबरको सञ्चालन आम्दानी गरेको कम्पनीको कारोबार चालु आवमा घटेको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ८ अर्ब ९३ करोड ४० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । पछिल्लो तीन आर्थिक वर्षको कम्पनीको आम्दानी निरन्तर घट्दै गएको छ ।

पछिल्लो समयमा निर्माणका कामहरुले तीव्रता लिन नसक्दा स्टील उद्योगहरुको आम्दानी घट्दै गएको छ भने स्टील उद्योगहरुबीचको बढ्दो प्रतिस्पर्धाले समेत कम्पनीको आम्दानी प्रभावित बनेको छ ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले बिलेट तथा टिएमटी छडहरुको उत्पादन गर्दै आएको छ । सर्वोत्तम स्टिल २०२१ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो

कम्पनीको बिलेट उत्पादन क्षमता प्रति वर्ष २ लाख ६४ हजार मेट्रिक टन र टिएमटी छड उत्पादन गर्ने क्षमता २ लाख ३५ हजार मेट्रिक टन रहेको छ । यद्यपी कम्पनीले पूर्ण क्षमतामा उत्पादन गरिरहेको छैन ।

कम्पनीमा सौरभ ग्रुपको लगानी रहेको छ भने प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपाने छन्। उनको सर्वोत्त स्टिलमा २५ प्रतिशत हिस्सा छ। बाँकी ७५ प्रतिशत अन्य लगानीकर्ताको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।