इवाखोलाको व्यापारिक विद्युत उत्पादनपछि रैराङ हाइड्रोको नाफामा १६८% को छलाङ्ग

0
Shares

रैराङ हाइड्रोपावर (RRHP) को खुद नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६८.३३ प्रतिशतको उत्कृष्ट सुधार देखिएको छ । इवाखोलाको व्यापारिक विद्युत उत्पादन सुुरु र रैराङ खोलाबाट समेत विद्युत बिक्री मार्फतको आम्दानी बढ्दा कम्पनीको नाफामा उच्च सुधार आएको हो।

गत आवको यसै अवधिमा ७४ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको यस हाइड्रोले एक करोड २५ लाख रुपैयाँले खुद नाफा बढाएर एक करोड ९९ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो।

नाफा बढेसँगै चुक्ता पूँजी ५६ करोड रुपैयाँ रहेको हाइड्रोको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ १२ पैसा कायम भएको छ। यस्तै कम्पनीको जगेडा कोषको आकार १ करोड ६१ लाख ९७ हजार रुपैयाँ बढेर २ करोड ८९ हजार रुपैयाँ सञ्चित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात १५.४५ गुणा छ ।

समीक्षा अवधिमा इवाखोलाको विद्युत बिक्री आम्दानी ६ करोेड ३४ लाख रुपैयाँ रहेको छ भने रैराङ खोलाबाट उत्पादन भएको विद्युत बिक्री आय ४७ लाख ४७ हजार रुपैयाँ छ । गत आवको यसै अवधिमा रैराङ खोलाबाट उत्पादन भएको विद्युत बिक्री आय १६ लाख ६७ हजार मात्र थियो।

पुस मसान्तसम्ममा हाइड्रोपावरले दुबै खोलाबात गरि कूल ६ करोड ८१ लाख ८३ हजार रुपैयाँ विद्युत बिक्री मार्फत आम्दानी गरेको छ।