ग्यालेक्सी एआइसहितको सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ ग्यालेक्सीको प्रि–अर्डर सुरु


सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ । काठमाण्डौं मेरियट होटेलमा आयोजित पत्रकार सम्मेलनमा सामसङ ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप ६ ग्यालेक्सीका आधिकारिक रूपमा प्रि–अर्डर सुरु गरिएको हो ।

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सिरिजको अनावरण गरेका थिए।

ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६, ग्यालेक्सी जेड सिरिजका अहिले सम्मकै सबैभन्दा पातलो र हल्का डिभाइसहरू हुन्, र सिधा एड्जहरूसँग पूर्ण रूपमा सममित डिजाइनका साथ आउँछन्। ग्यालेक्सी जेड फोल्ड ६ ले नयाँ कभर स्क्रिन अनुपातको साथ अझै प्राकृतिक बार–टाइप भीउइंग एक्सपिरिएन्स प्रदान गर्दछ। नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ पनि छ ।

डुअल रेल हिङ्ग संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको छ, र प्रमुख स्क्रिनमा परिष्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ । ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको छ।

ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन्, र अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपियु, जीपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्दछ। दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ जसले सुधारिएको समग्र प्रदर्शनको साथमा इनहान्स गरिएको ग्राफिक्स प्रदान गर्दछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।