सोमबार पनि बढेर बन्द भयो सेयर बजार, कारोबार भने १४ अर्बमुनी झर्यो

0
Shares

सेयर बजारको वृद्धिले सोमबार पनि निरन्तरता पाएको छ। लगातारको चार दिनमा २४५ अंकको वृद्धिपछि सोमबार करेक्शनको बाटोमा लागेको बजार सूचक नेप्से अन्तिम समयमा आएर हरियो भएर बन्द भएको हो । सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि साे बिन्दु कायम हुन नसक्दा २४८८ अंकमा बन्द भयाे ।

अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा करेक्शन आउने आशामा लगानीकर्ता ‘पर्ख र हेर’ को रणनीतिमा लाग्दा कारोबार रकममा भने संकुचन आएको छ । आइतबार १५ अर्ब २३ करोडको कारोबार भएकोमासोमबार दैनिक कारोबार रकम भने १ अर्ब ३२ करोडले घटेको छ ।

नेप्से २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको छ। यस दिन ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स ०.८९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७२ अंकले घटेको छ ।

आज कारोबारमा आएका १३ उपसमुहगत परिसूचकमध्ये ७ ओटा बढेको छ भने ६ ओटा घटेको छ । पछिल्ला ४ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको बैंकिङ्ग उपसमूहमा आज करेक्सन आएको छ । बैंकिङ्ग सर्वाधिक १.२३ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक २.१६ प्रतिशत बढेको छ । त्यस्तै व्यापार १.८६ प्रतिशत, हाइड्रोपावर १.७४, अन्य उपसमूहको परिसूचक यस दिन १.४३ प्रतिशतले बढेको छ ।
सोमबार ३०९ कम्पनीका ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर १ लाख ७० हजार ५५९ पटकमा खरिद बिक्री भए । कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४१ रुपैयाँमा समेटिएको छ ।

आज मुक्तिनाथ कृषि कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै नेपाल फाइनान्सको ८.६७ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को इकाई मूल्य ७.९३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ७.९० प्रतिशत र बलेफी हाइड्रोपावरको ६.८६ प्रतिशतले मूल्य बढेको छ ।

सोमबारको बजारबाट गणपति लघुवित्तको सेयर कूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशतले घटेको छ। यससँगै कम्पनीको प्रतिकित्ता मूल्य २०५५.१० रुपैयाँमा झरेको छ । यसैगरी सिक्लेस हाइड्रोपावरको ८.६६ प्रतिशत, ९% एनआईसी एशिया डिबेञ्चर २०८१।८२ को ३.९४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त ३.९१ प्रतिशत र १०.२५% सानिमा डिबेञ्चर २०८९ को ३.८९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोमबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ३६ करोड ९३ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यसैगरी शिवम् सिमेन्टस्को ३४ करोड ७९ लाख, कुमारी बैंकको २८ करोड १८ लाख, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २५ करोड ६३ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २४ करोड ९९ लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार ९९५ कित्ता किनबेच भएको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३९ खर्ब ४७ अर्ब ८८ करोड ३३ लाख ५० हजार रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।