बुधबार अमेरिकी डलरको भाउ उच्च बिन्दुमा


बुधबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसामा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो ।

यसअघि साउन ५ गते शनिबार एक अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ १७ पैसा र खरिददर १३३ रुपैयाँ ५७ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४५ रुपैयाँ १९ पैसा र बिक्री दर १४५ रुपैयाँ ८४ पैसामा कारोबार भइरहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ४८ पैसा र बिक्री दर १७३ रुपैयाँ २५ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५१ पैसा र बिक्री दर ८८ रुपैयाँ ९१ पैसा रहेको छ ।.

बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६० पैसा र बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५ रुपैयाँ ७८ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।