सगरमाथा इन्स्योरेन्सको नाफा साढे २२% ले बढ्यो, ईपिएस २०.७६ रुपैयाँ

0
Shares

सगरमाथा इन्स्योरेन्स (SIC) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ३९ लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८ करोड ४८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

कम्पनीले यस अवधिमा ५६ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ५१ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले पुर्नबीमा कमिशन आयबाट १६ करोड ४० लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
हाल एक अर्ब १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २८ करोड १५ लाख रुपैयाँ, बीमा कोषमा ६२ करोड १३ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा १० करोड ४६ लाख रुपैयाँ छ ।

हाल सम्म कम्पनीले एक अर्ब २३ करोडँ कुल बीमा शुल्क संकलन गरी ८७ हजार ५ सय ८३ बीमालेख जारी गरेका छ । यस अवधिमा २० हजार ५४७ बीमालेख नवीकरण भएका छन ।

कम्पनीले ३ हजार ४ सय ८८ दाबी संख्या वापत ५७ करोड ७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ३ हजार ४६० दाबी वापत ८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २०.७६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २००.६४ रुपैयाँ र मुल्य आम्दानी अनुपात २८.४२ गुणा छ ।