राष्ट्रिय गौरवका २३ आयोजनामा ६ महिनामा १९ प्रतिशत बजेट खर्च

0
Shares


राष्ट्रिय गौरबका आयोजनाको बजेट खर्चको अवस्था कमजोर देखिएको छ ।

अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरबका आयोजनाहरुले १९ प्रतिशत मात्र बजेट खर्च गरेका छन्।

सरकारले विभिन्न २३ आयोजनालाई राष्ट्रिय गौरबका आयोजना बनाएको छ। राष्ट्रिय गौरबका आयोजनाहरुको लागि चालु आर्थिक वर्षमा १ खर्ब २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ महिनो अवधिमा २० अर्ब ४१ करोड अर्थात विनियोजित बजेटको १९ प्रतिशत मात्रै खर्च भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

अर्थमन्त्रालयका अनुसार राष्ट्रिय गौरबका आयोजनाहरुमध्ये गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने क्रममा रहेका छन्।

पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण लोकमार्गको प्रगति उत्साहजनक रहेको मन्त्री खतिवडाले बताए ।