आईएमई जनरल इन्स्योरेन्सको व्यापार र कमाईमा सुधार


आईएमई जनरल इन्स्योरेन्स (IGI) ले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासमा ३० करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

पुनर्बीमा कमिशन वापत ८ करोड ९ लाख रुपैंया र लगानी कर्जा तथा अन्य आयवाट १ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको इन्स्योरेन्सले ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा इन्स्योरेन्सले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ तथा बीमा कोषमा २८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५ पैसा रहेको इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २७.४३ गुणाले बढी छ।