विद्युत बिक्री बढाउँदै खर्च घटाउँदा माउण्टेन हाइड्रो करोड बढी नोक्सानमा


माउण्टेन हाइड्रो नेपाल चालु आर्थिक वर्षको पुस मसान्तमा १ करोड ८ लाख ६२ हजार रुपैंया खुद नोक्सानीमा छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५८ लाख ३० हजार रुपैंया खुद नोक्सानीको अवस्थामा रहेको हाइड्रोले तीन महिनाको अवििधमा नोक्सानको आकार घटाएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ४० लाख ४४ हजार रुपैंयाको विद्युत बिक्री गरेको हाइड्रोले पुस मसान्तमा आईपुग्दा १३ करोड ७६ लाख ५ हजार रुपैंयाको विद्युत बिक्री गरेको छ । कर्मचारी खर्च तथा प्रशासनिक खर्च घटाउँदै हाइड्रोले खुद नोक्सानीको आकारलाई घटाएको हो ।

१ अर्ब २५ करोड रुपैंया चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोष ११ करोड ६५ लाख ६८ हजार रुपैंयाले ऋणात्मक छ ।

प्रतिशेयर आम्दानी ८५ पैसाले ऋणात्मक रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ ९० रुपैंया ६७ पैसा छ भने मूल्य आम्दानी अनुपात १०७.६५ गूणा बढी छ ।