नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन बढ्दा पनि घट्यो नाफा

0
Shares

नेको इन्स्योरेन्स (NIL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा नाफा घटेको विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले पुसमसान्तसम्म १६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिको तुलनामा खुद नाफा ५६ लाख अर्थात ३.२८ प्रतिशतले घटेको हो। अघिल्लो पुससम्म कम्पनीले १७ करोड ३ लाख नाफा गरेको थियो ।

यस अवधिमा इन्स्योरेन्सले १० करोड ६८ लाख रुपैयाँले बढाएर ७० करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १२ करोड ३७ लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ।

एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १ पैसा, प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४२ पैसा र मूल्य आम्दानी अनुपात १६.७९ गुणा बढी छ।

कम्पनीको जगेडा कोषमा जगेडा कोषमा ३९ करोड ६७ लाख रुपैयाँ, बीमा कोषमा ६८ करोड ९८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। 

समीक्षा अवधिमा कम्पनीले १७ सय ७६ वटा दाबी वापत ३८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ६०३ वटा दाबी वापत ४० करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यस अवधिसम्ममा १ लाख १७ हजार ८०९ वटा बीमा लेख जारी गरेको कम्पनीले एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।