सुन चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

अघिल्ला दुई दिन लगातार घटेको सुनचाँदीको भाउ विहीबार पुन: उकालो लागेको छ । विहीबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ तथा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबारका लागि छापावाल सुनको मूल्य ७६ हजार रुपैयाँ निर्धारण गरिएको छ। यस्तै तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ७५ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय स्तरमा निर्धारण हुने सुनको भाउ अनुसार नेपालमा आइतबारदेखि शुक्रबारसम्म सातको ६ दिन सुनचाँदीको भाउ निर्धारण हुँदै आइरहेको छ । शनिबार भने सार्वजनिक विदा हुने हुनाले शुक्रबार निर्धारण भएको भाउमा नै कारोबार हुने गरेको छ।

प्रकाशित मिति: १ फागुन २०७६, बिहीबार  ११ : २३ बजे