माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारदेखि सुरु हुँदै


माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

फागुन २ गते देखि ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् । माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करण आयोजना हुन लागेको हो ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले खेलकुद अपरिहार्य रहेको बताउदै प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

प्रतियोगितामा उत्कृट हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भी मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगिता ५ ओभरको हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेट किपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

माछापुच्छे बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, प्राइम कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, गोखाज फाइनान्स, एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल लाइफ इन्स्योरेन्स लगायतका २३ कर्पोरेट हाउसहरुले यो वर्षको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता सहभागिता जनाउने छन् ।

सहभागि टोलीलाई विभिन्न समूहमा विभाजित गरिनेछ, प्रत्येक टोलीले आफ्नो समूहमा एक अर्कासँग खेल्नेछन भने प्रत्येक समूहका शीर्ष २ टोली प्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । प्रतियोगिताका सबै खेलहरुको प्राइम टाइम्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।