शुक्रबार यस्तो छ सुन-चाँदीको दरभाउ

0
Shares

फागुन २ गते शुक्रबार सुनचाँदीको भाउ स्थीर रहेको छ । अघिल्ला दुई दिन लगातार घटेको सुनचाँदीको भाउ बिहीबार पुन: उकालो लागेकोमा शुक्रबार भने बिहीबारकै भाउ कायम गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बिहीबार कायम मूल्यमा नै खरीद बिक्री भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य ७६ हजार, तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भैरहेको हो ।

बिहीबार भने सुनको भाउ प्रतितोला ३०० रुपैयाँ तथा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको थियो।

अन्तराष्ट्रिय स्तरमा निर्धारण हुने सुनको भाउ अनुसार नेपालमा आइतबारदेखि शुक्रबारसम्म सातको ६ दिन सुनचाँदीको भाउ निर्धारण हुँदै आइरहेको छ । शनिबार भने सार्वजनिक विदा हुने हुनाले शुक्रबार निर्धारण भएको भाउमा नै कारोबार हुने गरेको छ।

प्रकाशित मिति: २ फागुन २०७६, शुक्रबार  ११ : ३३ बजे