एक वर्षको अवधिमा बीमाको पहुँच चार प्रतिशतले विस्तार भएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको अर्धबार्षिक बजेटको समीक्षा सार्वजनिक गर्दै बीमाको पहुँच पुसमसान्तसम्ममा २२ प्रतिशत जनसंख्या पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षको पुसमसान्तसम्म १८ प्रतिशत नेपालीमा मात्र बीमा पहुँच पुगेको थियो । एक वर्षको अवधिमा चार प्रतिशतले पहुँच विस्तार भएको हो ।.png)
अर्थमन्त्रालयका अनुसार बैदेशिक रोजगार बीमा समेत जोड्दा यो अनुपात २७ प्रतिशत पुग्नेछ ।गत पुसमसान्तसम्म वैदेशीक रोजगारीमा जाने नेपालीका लागि ८५ लाख १२ हजार ७७४ बीमा लेख बिक्री भएका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले लघुबीमा कार्यक्रममा जोड दिनुपर्ने बताउँदै आएका छन् । साना व्यवसायहरुमा बीमाको पहुँच बढाई बीमा क्षेत्र विस्तारको काम अगाडी बढाउन लघुबीमा कार्यक्रम आवश्यक रहेको उनको भनाई छ ।
सरकारले लघुबीमामा कुल प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ । त्यस्तै बाली तथा पशुबीमा कार्यक्रम अन्तर्गत लाग्ने बीमा शुल्कमा पनि ७५ प्रतिशत अनुदान दिँदै आएको छ ।
साथै बीमाको पहुँच विस्तारका लागी बीमा कम्पनीहरुलाई अनिवार्य रुपपले शाखा रहित घुम्ती बीमा सेवा संचालन गनुपर्ने व्यवस्था कार्यन्वयनमा आएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।
नेपालमा हाल १९ वटा जीवन बीमा र २० वटा निर्जिवन बीमा गरी कूल ३९ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।










प्रतिक्रिया