नेपाल सेवा सञ्चालन नोक्सानीमा, शेयरमूल्य १४२ गुणा महङ्गो

0
Shares

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिना अवधिमा १२ लाख ५८ हजार रुपैयाँले सञ्चालन घाटामा गएको छ। गत आवको यसै अवधिमा पनि कम्पनी ८६ लाख ५३ हजार नोक्सानीमा रहेको थियो।

दोस्रो त्रैमाससम्ममा ४४ लाख ७६ हजार खराब कर्जा उठाउँदा कम्पनी १८ लाख ३४ हजार रुपैयाँ खुद नाफामा देखिएको हो। गत आवको यसै अवधिमा कम्पनी ३७ लाख ९६ हजार नोक्सानीमा रहेको थियो।

वित्तीय अवस्थाले कमजोर रहेपनि लघुवित्तको शेयरमूल्य भने १४२ गुणा महङ्गो रहेको छ। धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर फागुन ४ गते समाचार तयार पार्दाको समयमा प्रतिकित्ता ८६९ रुपैयाँमा कारोबार भएको छ ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६.१२ रुपैयाँ रहेको छ। जगेडा कोषमा ४५ लाख ९३ हजार रुपैयाँ सञ्चित रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १०२.७४ रुपैयाँ रहेको छ। कम्पनीको शेयरबाट लगानीमा प्रतिफल ३.०६ प्रतिशत मात्र रहेको छ।

पुस मसान्तसम्ममा लघुवित्तले ९ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ४० करोड ७८ लाख रुपैयाँ सापटी लिएर ५३ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट कम्पनीको खुद ब्याज आम्दानी १ करोड ३६ लाख रुपैयाँ गरेको छ।

लघुवित्तको खराब कर्जा अनुपात भने न्यून रहेको छ । वित्तीय विवरण अनुसार कम्पनीको यस्तो अनुपात ०.०१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७६, आइतबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।