नेपाली बजारमा तरकारीको मूल्यवृद्धि उच्च, भारतमा मूल्यवृद्धि हुँदाको असर

0
Shares

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७६/७७ को ६ महिनाको मुलुकको आर्थिक तथा वित्तीय विवरणअनुसार उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो महंगी वृद्धिदर ४.५८ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य पनि बढेको छ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको महंगी १०.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.२५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस अवधिमा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराइमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशतले मूल्य वृद्धि भएको छ। २०७५ पुसमा यि क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मूल्य वृद्धि भएको थियो।

यसै अवधिमा उपत्यका भित्र ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मुद्रास्फीति रहेको छ। गत वर्षको यही अवधिमा उपत्यका भित्र ५.१५ प्रतिशत, तराईमा  ४.०२ प्रतिशत,  पहाडमा ४.९२ प्रतिशत र हिमालमा ४.४८ प्रतिशत थियो।

चालु आर्थिक वर्षको ६ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ प्रतिशत रहेकोमा भारतमा मुद्रास्फीति ७.५९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४ दशमलव ५८ प्रतिशत र २ दशमलव ०५ प्रतिशत रहेको थियो।

२०७६ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा प्राथमिक वस्तु समूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूह अन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२० प्रतिशत, ७.५८ प्रतिशत र २.५० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ५.०६ प्रतिशतले घटेको छ ।