सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

0
Shares

फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यका साथ आगामी भदौ अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना हुने भएको छ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पो आयोजना गरिने जनाएको हो। संघको आयोजनामा विगत ६ बर्षदेखि एक्स्पो आयोजना हुँदै आएको छ ।

सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ गते बुधबारदेखि २९ गते आइतबार पाँच दिनसम्म राजधानीमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले बताएको छ ।

यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने जनाइएको छ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए। नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको बताउँदैै उनले नेपाली उत्पादनलाई प्राथमिकता दिन आग्रह गरे।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने मेलाका संयोजक मनिष अग्रवालले बताए। यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको अग्रवालको भनाई थियो ।

एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्नेछ। इभेण्ट सोलुसनप्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको बताए। फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ।

पाँच दिनसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १५० फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन्। नेपालमा उपलब्ध फर्निचर तथा फििन्र्सङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ।

नेपालमा वर्षेनी फर्निचर तथा फर्निसिङ उत्पादनहरुको ४० अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको आँकलन छ। जसको झण्डै ५० प्रतिशतभन्दा बढी विदेशी फर्निचर आयात भईरहेको छ।