अर्थमन्त्री खतिवडाले वाणिज्य बैंकका सिईओहरुसँग छलफल गर्दे

0
Shares

बजेटको अर्ध वार्षिक समीक्षा सार्वजनिक गर्नुअघि वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुसँग छलफल गरेका अर्थमन्त्रीले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारी हुँदै गर्दा बैकर्सहरुलाई पुन: छलफलमा बोलाएका छन् ।

अर्थमन्त्री खतिवडाले आज सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा डाकेका छन् । छलफलमा राष्ट्र बैंकका केही उच्च अधिकारीहरुलाई समेत बोलाइएको अर्थमन्त्री निकट स्रोतले जानकारी दियो ।

मन्त्री खतिवडाले यसअघि गत माघ ६ गते पनि बैंकरहरुसँग छलफल गरेका थिए । छलफलपछि बैकर्स संघले उठाएका मागहरु राष्ट्र बैंकमा लिखित रुपमा बुझाइएको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनीक गर्ने तयारी गरिरहेका बेला राष्ट्र बैंकका उच्च अधिकारीसहित वाणिज्य बैंकहरुका प्रमुख कार्यकारीहरुलाई अर्थमन्त्रीले छलफलमा बोलाएकाले यसलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।