डिजेल र पेट्रोलको मूल्य घट्यो, खाना पकाउने ग्यासको यथावत

0
Shares

नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजना गरेको छ ।

सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साबिककै यथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए ।

नियमित मूल्य समायोजन प्रक्रिया अन्र्तगत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।

निगमले माघ २० गते मूल्य समायोजन गरेर पेट्रोल र डिजेलमा एक रुपैयाँ प्रतिलिटर मूल्य घटाएको थियो भने हवाई इन्धनको मूल्य यथावत राख्दै एलपजिी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार  १८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।