जनता बैंक अर्बपति क्लबमा प्रवेश गर्दा प्रतिशेयर आम्दानी बढ्यो, निक्षेप बढाउनु पर्ने दबाव कायमै

0
Shares

जनता बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा एक अर्ब कमाएको छ ।बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६१ प्रतिशतले नाफा बढाएर एक अर्ब दुई करोड पुर्याएको हो ।

गत आवको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ६३ करोड ७५ लाख रुपैयाँ थियो । बैंकको वितरण योग्य नाफा ६१ करोड ७३ लाख छ ।

गत आवको नाफाबाट नगद लाभांश मात्र वितरण गरेको बैंकको प्रतिशेयर आम्दानीमा ६ रुपैयाँ ४३ पैसाले सुधार आएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १० रुपैयाँ ६३ पैसा रहेकोमा बढेर १७ रुपैयाँ पुगेको छ ।

आठ अर्ब चुक्ता पूँजी यथावत रहेको बैंकले जगेडाकोषमा एक अर्ब ८१ करोड जम्मा गरेको छ ।

यस अवधिसम्ममा बैंकले ७० अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६४ अर्ब ७० करोड कर्जा परिचालन गरेको छ । बैंकको निक्षेपमा २१ प्रतिशत तथा कर्जा साढे २२ प्रतिशतले बढेको छ । जसको सिसिडि ७९.७४ प्रतिशत छ । बैंकलाई निक्षेप बढाउनु पर्ने चुर्नौति देखिएको छ ।

चालू आवको ९ महिना अवधिमा बैंकले २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात गत आवको यसै अवधिको तुलनामा घटेकोे छ । गत आवको तेस्रो त्रैमासमा बैंकमा १.९५ प्रतिशत निष्कृय कर्जा अनुपात रहेकोमा यस चैत मसान्तमा १.२१ प्रतिशतमा झरेको छ ।

वित्तीय विवरण अनुसार बैंकले आधार ब्याजदर र कोषको लागत घटाएको छ । । यस अवधिमा बैंकको आधार ब्याजदर १०.५२ प्रतिशत र कोषको लागत ७.६६ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ६९ पैसा छ भने मूल्य आम्दानी अनुपात १०.७८ गुणा बढी छ ।