अर्थमन्त्रीमा निरन्तरता पाउने संकेत दिँदै खतिवडाले सार्वजनिक गरे मन्त्रीपरिषदका ३३ निर्णय

0
Shares

संचारमन्त्रीको जिम्मेवारी समेत सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले संसद् र सरकारमा आफुले निरन्तरता पाउने संकेत गरेका छन्।

बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले २१ गतेका लागि तय भएको शपथग्रहणमा आफू पनि हुने बताएका छन्।

खतिवडाको राष्ट्रिय सभा सांसद पदको कार्यकाल आगामी २० गते पुरा हुँदैछ । खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तरता दिन चाहे पनि नेकपाका अन्य नेताहरु त्यसको विपक्षमा देखिएका छन् ।

बिहीबारको पत्रकार सम्मेलन प्रशन्न मुद्रामा देखिएका डा. खतिवडाले भने, ‘हेर्दै जानुस् न, २१ गते सपथ ग्रहण छ। तपाईंहरुसँग त्यहिँ नै भेट भइहाल्छ नि, नभए कुराकानी भइ नै रहन्छ। अहिले यति नै,’।

फागुन ५ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू

१. सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशान्त क्षेत्र समूह (APG) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारी सम्बन्धी अवधारणापत्र स्वीकृत गर्ने।

२. हेजिङ्ग सम्बन्धी(पहिलोसंशोधन) नियमावली , २०७६मा स्वीकृति प्रदान गर्ने।

३. वीरगंज चिनी कारखानाको स्वामित्वमा रहेको जिल्ला पर्सा, बीरगंज महानगरपालिका वडा नं. १४ स्थित कि.नं. ११३१ को १०-६-४ विगाहा जग्गा मध्ये ६ बिगाहा जग्गा विक्री गर्न स्वीकृति दिने।

४. नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यमा देहायका व्यक्तिहरुलाई दुई वर्षको लागि मनोनयन गर्ने।

  . डा. स्वयम प्रकाश श्रेष्ठ,

  . डा. युगनाथ घिमिरे,

  . डा. विनायक प्रसाद राजभण्डारी,

  . श्री गोविन्द के.सी., घोराही उपमहानगरपालिका-15 दाङ्ग

  . श्री कृष्ण प्रसाद पौडेल सैंवु-२ललितपुर,

 . श्री चुन्न प्रसाद शर्मा,  वुटवल, रुपन्देही,

  . श्री यमुना घले, भरतपुर-१९चितवन।

५. २०७६/११/०६ गते सम्ममा तोकिएको कैदमा कम्तीमा५०%(पचास प्रतिशत) तथा ७५ वर्ष भन्दा माथिका ज्येष्ठ कैदीको हकमा कैद भुक्तान गरी असल चालचलन भएका र नकारात्मक सूचीको मुद्दा बाहेकका कैद छोट्याउन योग्य देखिएका जम्मा ३२९ जना कैदीहरुको बाँकी कैद कट्टा/माफी मिनाहा गर्न नेपालको संविधानको धारा २७६ बमोजिम सम्माननी यराष्ट्रपतिज्यू समक्ष सिफारिश गर्ने।

६. सेती नदि पोखरा म.न.पा. ३ र ११ जोड्ने पुल निर्माण गर्दा आवश्यक पर्ने ३७७.५० वर्ग मीटर क्षेत्रफल जग्गा प्राप्तिको लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम स्वीकृति प्रदान गर्ने।

७. २०७६ फाल्गुण २६ देखि चैत्र ७ सम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमाआयोजना हुने महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग (CSW) को ६४ औं सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ्गको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागिताका लागि स्वीकृति दिने।

८. नेपाली सेनाका पाइलट महासेनानी अर्जुन खत्री क्षेत्रीको राजीनामा स्वीकृत गर्ने।

९. बहुप्राविधिक महाविद्यालय निर्माणर सन्चालनार्थ सिन्धुपाल्चोक जिल्लाको चौतारा-साँगागढी चोक गढीनगरपालिका ५ स्थित आहालडाँडा सामुदायिक वनक्षेत्र सहित राष्ट्रिय वन क्षेत्रको कूल जम्मा०.८९७० हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र तहाँ रहेका रुख/पोल विरुवाहरु हटाउन समेत स्वीकृति दिने।

१०. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) (दोस्रोसंशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

११. २०७७ सालमा दिइने सार्वजनिक, पर्व एवं सट्टा विदा र कार्यालय समय निर्धारण गरी स्वीकृत गर्ने।

 

 फागुन १२ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू

१. पूर्वाधार विकास करको दर परिमार्जन गर्ने।

२.मिति २०७६ फागुन २०-२१ मा बंगलादेशको ढाकामा हुने नेपाल-बंगलादेश वाणिज्य सचिव स्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौ बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा. बैकुण्ठ अर्यालको नेतृत्वमा ८सदस्यीय वार्ता टोली गठन गर्ने।

३. देहायका व्यक्तिहरुलाई नेपाल कानून आयोगको सदस्य पदमा नियुक्त गर्नेः-

 (क) श्री शोभा बुढाथोकी, काठमाडौं-१४, काठमाडौं।

 (ख) श्री उद्धबचन्द्र घिमिरे, विराटनगर-४, मोरङ्ग।

 (ग) श्री नारायण नेपाल, काठमाडौं-१६, काठमाडौं।

४. राष्ट्रिय न्यायिक प्रतिष्ठानको परिषद्को सदस्यमा देहायका व्यक्तिलाई मनोनयन गर्नेः-

 (क) श्री रमाश्रेष्ठ, ललितपुर, महिला सदस्य

 (ख) श्री हरिन्द्र राई, खोटाङ, जनजाती सदस्य

 (ग) श्री भोजमान लाम्गादे, इलाम, दलित सदस्य

५. नेपाल-भारत सीमा निरीक्षण समितिको कार्यावधि २०७७ साल असार मसान्तसम्म थप गर्ने।

६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँच वुझ आयोगका सदस्य श्री जगत देउजाले सदस्य पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने।

७. संखुवासभा जिल्लामा जग्गा पुनःनाप जाँच गर्नको लागि स्वीकृति दिने।

८. समस्या ग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा देहाय बमोजिमका व्यक्तिहरुलाई नियुक्ति तथा मनोनयन गर्नेः

 (क) श्री कुमार प्रसाद पोखरेल (पूर्व मुख्य न्यायाधीश, उच्च अदालत, दिपायल) -अध्यक्ष

 (ग) श्री टिका बुढाथोकी, राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि -सदस्य,

 (घ) श्री ममता देवी शर्मा उपाध्याय, सहकारी क्षेत्रको विज्ञ -सदस्य

श्री सरस्वती देवी भट्टराई, सहकारी क्षेत्रको विज्ञ -सदस्य

 (च) नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत -सदस्य-सचिव

९. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका सदस्य पदमा श्री महेन्द्र कुमार थापा क्षेत्री (ललितपुर -१८भैसेपाटी) लाई नियुक्त गर्न स्वीकृत दिने।

१०. ख्वप कलेज अफ इन्जिनियरिङ्ग, लिवाली, भक्तपुरलाई बि.ई.कम्प्युटर- ४८ जना सहितको नयाँ थप कार्यक्रम अध्ययन अध्यापन गराउन अस्थायी स्वीकृति प्रदान गर्ने।

११. बालबालिका सम्बन्धी नियमावली जारी भई अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि बाल न्याय सम्पादन (कार्यविधि) नियमावली, २०७६ कोनियम ४३ मा उल्लिखित प्रोवेशन अधिकारीको बाल न्यायसँग सम्बन्धित काम, कर्तव्य र अधिकार बमोजिमको कार्य गर्ने गरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७९(२) बमोजिम सबै जिल्ला अदालतहरुमा कार्यर तहेका राजपत्रांकित अधिकृ तस्तरको तह सिलदारलाई नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने र राजपत्रांकित अधिकृ तस्तरको तहसिलदार नभएको स्थानमा अदालतको श्रेस्तेदारलाई नेपालस रकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी प्रोवेशन अधिकारी तोक्ने।

१२. खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि 2072 को पहिलो संशोधन स्वीकृत गर्ने।

१३. मौलाकाली केवलकार आयोजनाको ROW Alignment (१०−१० मीटर ROW Alignment सहित केही टावर संरचनाहरु रहने गरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्ता पूर्व नवलपुर) को गैडाकोट नगरपालिका-१ मा पर्ने मौलाकाली सामुदायिक वन/ मौलाकाली धार्मिक वन समेतको गरी कूल जम्मा२.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१४. सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-१ स्थित राष्ट्रिय वनक्षेत्रको थप कूल जम्मा २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

१५. देहायका स्थानीय तहलार्इ देहाय वमोजिम जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने-

   . मिक्लाजुङ गाउँपालिका, पाँचथरको साविक आरुबोटे गाविस वडान. ५ को ४२ रोपनी जग्गा एकीकृत कृषि नमूना केन्द्र स्थापनाको लागि।

   . पालुङटार नरगपालिका, गोर्खाको साविक च्याङलीगा.वि.स. वडा न. ५ को १ रोपनी जग्गा प्रहरी चौकी भवन निर्माण, साविक खोप्लाङ गा.वि.स. वडा न. ८ को ३-१-०-० रोपनी पर्यटकिय पूर्वाधार निर्माण गर्न, साविक पालुङटार गा.वि.स. वडा न. ७ को०-५-२-० रोपनी वडा कार्यालय भवन निर्माण र साविक आपपिपल गा.वि.स. वडा न. ४ को १६-८-०-३ रोपनी लिगलिगकोट दरबारर गढी संरक्षणको लागि।

   . नराहा गाउँपालिका, सिराहाको गाउँपालिकाको वडा न. ५ को ०–८–० विगाह जग्गा प्रशासकीय भवन निर्माण, साविक बर्छवा गा.वि.स. वडा न. ६ को०-३-१ विगाह दिना भद्रीप्रा.बि.को भवन निर्माण र वडा न. ८ को०-५-९ विगाह ज.व.उ.मा.बि.को भवन निर्माणको लागि।

   . देवताल गाउँपालिका, बाराको साविक रौवाहीगा.वि.स. वडा न. ७ को३-१२-१० विगाह बहुउद्देशिय रंगशाला निर्माणका लागि।

   . गौरीगंज गाउँपालिका झापाको गाउँपालिकाको वडान. २को३-०-०विगाह ल्याण्ड फिल सार्इट निर्माण लागि।

   . धार्चे गाउँपालिका गोरखाको गाउँपालिकाको वडा न. ५ को ४-२-०-० रोपनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि।

   . गलकोट नगरपालिका, बाग्लुङ्गको साविक मल्मगा.वि.स. ३ को २-७-०-२ रोपनी वडा कार्यालय भवन निर्माणको लागि।

   . राजपुर नगरपालिका, रौतहटवाट साविक राजपुरगा.वि.स. वडा न. ३ को ०-१०-० विगाह नगरपालिकाको प्रशासकिय भवन निर्माण र वडा न. ५ को ०-५-० विगाह स्वास्थ्य चौकी भवन निर्माणको लागि।

१६. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा मोतीपुर ३, कपिलवस्तु निवासी श्री पुष्पराज खनाललार्इ नियुक्त गर्ने।

१७. देहायका पदाधिकारीहरूलार्इ वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिमा सदस्य पद मामनोनयन गर्ने-

. डा. सुनन्दा सुन्दास, भोजपुर५, भोजपुर।

. डा. रक्षा श्रेष्ठ, धरान९, सुनसरी।

. डा. विनय कुमार ठाकुर, जनकपुर ३, धनुषा।

. डा. कैलास कुमार भण्डारी, इटहरी ८, सुनसरी।

.श्री राम प्रसाद न्यौपाने,  कल्याणपुर ९, चितवन।

. श्री निशा अधिकारी, फुलवारी ३, चितवन।

१८. नेपाल फार्मेसी परिषद्को रजिष्ट्रार पदमा सुगा भवानीपट्टी ८, महोत्तरी निवासी श्री संजीव कुमार पाण्डेयलार्इ ४ वर्ष पदावधि कायम हुने गरी नियुक्ति गर्ने।

१९. स्टाण्डर्ड नाप र तौल (मोहर बन्द प्याकेज) नियमावली, २०७६ स्वीकृत गर्ने।

२०. संस्था दर्ता (नवौंसंशोधन) नियमावली, २०७६ स्वीकृत गर्ने।

२१. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गर्ने।

२२. काठमाडौं उपत्यकाका लागि वा गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गर्ने।