नेपाल र कम्बोडिया चेम्बर अफ कमर्शबिच दुईपक्षिय व्यापारिक र विकास सम्झौता

0
Shares

नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबिच सोमबार दुईपक्षिय व्यापारिक र विकास सम्झौता भएको छ ।

नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेन को उपस्थितीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दुई देशको व्यापारिक विकास र बैदेशिक सम्बन्ध प्रगाढ र सुध्रिढ कायम गर्नका लागि सम्झौता भएको छ ।

दुई देशहरुमा प्रचलित कानून र नियमहरुको ढाँचाभित्र द्विपक्षीय व्यापार सम्बन्धहरुको थप विस्तारको दायरामो प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुबैको व्यापरिक समुदायहरुबीच राम्रो सहयोग र समन्वयको भावनालाई जोड दिने पत्रमा उल्लेख छ ।

९ बुँदे सम्झौता पत्रमा दुई देशबिच आपसी सम्बन्ध सुमधुर, व्यापारिक विकास, बैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रर्दशन गर्ने उल्लेख छ ।