‘बुल ट्रयाप’ मा साना लगानीकर्ता, शेयर बजारको लगानी जोखिममा

0
Shares

बुलिस ट्रेण्ड’ को नेप्से १६ सय बिन्दु पछ्याउँदै, ‘बुल ट्रयाप’ को खतरा

विगत ३ वर्षदेखि वियरिस ट्रेन्डमा रहेको नेपाली शेयर बजार पछिल्लो २ यता एका कएक बढ्यो । करिब तीन महिना अगाडि ११ सय अंकको वरीपरी रहेको नेप्से सूचक बढेर १६३२ अंकसम्म पुग्यो।

नेप्से सूचक बढेसँगै बजारमा दिनदिनै ऐतिहासिक रेकर्ड कायम गर्ने गरी शेयर कारोबार हुन थाल्यो । शेयर बजार बढ्न थालेपछि अन्य क्षेत्रको लगानी समेत यस क्षेत्रमा ओईरन थाल्यो ।

शेयर बजारमा कहाँबाट आयो यति धेरै पैसा ? हल्लाका पछि कुद्दा उच्च जोखिम

शेयर बजारको उच्च वृद्धिमा जोखिम पनि उत्तिकै

बैंकहरुमा तरलताको अभावको कारण ठूला कर्जाहरु प्रवाह हुन नसकेको अवस्थामा शेयरमा लगानी बढ्न थाल्यो । कोरना भाइरसले ठप्प भएको व्यापार व्यवसायको रकम पनि शेयर बजारमै आउन थाल्यो । बैंकहरुको मात्रै नभई सहकारीको समेत रकम शेयर बजारमा लगानी हुन थाल्यो । 

नेपालको शेयर बजार बढ्न थालेपछि छिमेकी बजारका लगानीकर्ता समेत आउन थाले । दैनिक लगानीकर्ता बढ्न थालेपछि शेयरको माग बढ्यो। माग बढेसँगै मूल्य बढ्यो र सूचकले नयाँ उचाई लियो । नेप्से बढ्दा उच्च अंकले बढ्ने र करेक्सन हुँदा थोरै अंकले हुने भइरुहेको अवस्थामा साना लगानीकर्ता बुल ट्रयापमा पर्ने खतरा उत्तिकै थियो । त्यसकै परिणमा सोमबारको शेयर बजारमा देखिएको छ ।

सोमबार शेयर बजार खुलेको पानै दुई घण्टामा ८० अंकले घटिसकेको छ । आइतबार मात्रै ४० अंक बढीले घटेको थियो ।

बजार बुलिस ट्रेन्डमा गएसँगै नयाँ लगानीकर्ताहरू पनि बजारमा प्रवेश गर्ने क्रम बढ्दो छ । कतिपय नयाँ लगानी कर्तालाई बजारको सामान्य ज्ञान समेत नहुने हुँदा त्यस्ता लगानीकर्ता अरुकै भरमा परेर शेयर किन्ने गर्छन् । जसले गर्दा पछि नराम्रोसँग फस्ने सम्भावना हुन्छ । अहिलेको बजारले त्यही देखाएको छ। दुई दिनको उच्च गिरावटले साना लगानीकर्तालाई शेयर बजारले त्रसाएको छ ।

बुल रनमा अधिकांश कम्पनीको शेयर मूल्य उच्च हुन्छ । यस्तो बेला राम्रा र नराम्रा (वित्तीय सूचकहरूका आधारमा) कम्पनी छनोट गरी लगानी गर्नपर्ने हुन्छ । तर लह लहैमा लगानी गर्नेहरुले जुनसुकै कम्पनीमा लगानी गर्ने हुँदा ठूलो जोखिम मोल्नुपर्ने हुन्छ ।

बुलिस ट्रेन्डमा प्रायः ठूला र पुराना लगानीकर्ताले फाइदा उठाउन सफल हुन्छन् भने नयाँ लगानीकर्ता बुलिसको चेपुवामा पर्ने गर्छन्। नयाँ लगानीकर्तामा बजार र कम्पनी सम्बन्धी ज्ञान कम हुने हुँदा अरुले गरेको हल्लाकै भरमा शेयर खरिद गर्दा बुलिस ट्रयापमा पर्ने गर्छन् ।

प्रकाशित मिति: १९ फाल्गुन २०७६, सोमबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।