राष्ट्र बैंकले मंगलबार आठ अर्बको विकास ऋणपत्र जारी गर्ने , अर्धवार्षिक ब्याज भुक्तान गरिने

0
Shares

नेपाल राष्ट्र बैंकले वैशाख ३१ गते मंगलबार आठ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

सात वर्षे अवधिको ’विकास ऋणपत्र २०८३ – ख’ बोलकबोलको प्रक्रियाबाट बिक्री हुने केन्द्रीय बैंकले जनाएको छ ।

उक्त विकास ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक सहभागी हुन पाउनेछन् ।

विकास ऋणपत्रका ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले बैशाख ३१ गते दउँसो ३ बजेसम्म बोलपत्र पेश गर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलकबोल पेश गर्न सकिनेछ ।

आठ अर्बको ऋणपत्रमा घटीमा पचास हजार र बढीमा निश्कासित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि खरीद गर्न सक्नेछ ।

बोलकबोलको निष्कासन जेठ १ गते हुनेछ भने ऋणपत्रमा गरिएको साँवा लगानी २०८३ जेठ १ गते फिर्ता हुने बताइएको छ ।

ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याज ब्याजकर लाग्ने केन्द्रीय बैंकको जनाएको छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निश्कासित रकमको ८० प्रतिशत र अप्रतिस्पर्धीलाई २० प्रतिशत अर्थात क्रमशः ६ अर्ब ४० करोड र १ अर्ब ६० करोड छुट्याइएको छ ।

यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ भने ऋणपत्रको दोश्रो बजार अर्थात नेपाल स्टक एक्सचेञ्ज लिमीटेड मार्फत कारोबार पनि हुनेछ।