वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर घट्यो, बचत र ट्रेजरीमा बढ्यो

0
Shares

वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०७५ पुस मसान्तको तुलनामा २०७६ पुसमा ०.३५ बिन्दुले घटेको छ। २०७५ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.२९ प्रतिशत रहेकामा ११.९४ प्रतिशतमा घटेको हो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आथिर्क वर्ष २०७६/७७ को मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षा अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ०.०७ र ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.२८ बिन्दुले बढेको हो।

२०७५ पुस मसान्तमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७२ प्रतिशत रहेकोमा २०७६ पुसमा ६.७९ प्रतिशतमा पुगेको हो। यस्तै २०७५ पुसमा ९१–दिनेट्रेजरी विलकोभारित औसत ब्याजदर ०.८६ प्रतिशत रहकोमा २०७६ पुसमा ३.१७ प्रतिशत कायम भएको छ।

त्यसैगरी, वाणिज्य बैंकहरुको आधारदर २०७५ पुस महिनामा ९.८० प्रतिशत रहकोमा २०७६ पुस महिनामा ०.३५ बिन्दुले घटेर ९.४५ प्रतिशत कायम भएको छ।