
किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (KMFL) ले चैत ६ गते बिहान ११ बजे होटल शान्ति लम्की चुहा, कैलालीमा विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले विशेष साधारण सभा मार्फत एनआरएन लघुवित्त वित्तीय संस्थसँग गाभ्ने गाभिने सम्बन्धमा शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्नेछ।
यसैगरि सभाले एनआरएन लघुवित्तले किसान र दिब्य लघुवित्तलाई गाभ्ने स्म्बन्धमा सम्पन्न समझदारीपत्र अनुमोदन गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, प्राप्ती सम्बन्धमा गठित कमिटी, संयुक्त मर्जर कमिटि र सञ्चालक समितिमा किसान लघुवित्तको प्रतिनिधित्व लगायत समितिले गरेका निर्णय अनुमोदन गर्ने एजेण्डा रहेको छ ।
यस्तै मर्जर सम्बन्धमा भएका खर्च लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्ने, संयुक्त मर्जर कमिटीबाट नियुक्त डिडिए मूल्याङ्कनकर्ताको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, तथा मर्जर प्रक्रिया पूरा भएपश्चात रहने संस्थाको नाम, ठेगाना, कार्यक्षेत्र र सञ्चालक सम्बन्धी प्रस्ताव पारित गर्नेछ।
विशेष साधारण सभाले मर्जर समझदारीपत्रमा उल्लेख भएअनुसार जेष्ठ संस्थाको रुपमा रहेको किसान लघुवित्तको स्थापना वर्ष कायम गर्ने एजेण्डा पनि पारित गर्नेछ।
विशेष साधारण सभाका लागि कम्पनीले शेयरधनी दर्ता किता बन्द (बुकक्लोज) को सूचना भने उल्लेख गरेको छैन।










प्रतिक्रिया