आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने

0
Shares

 

काठमाडौं :  नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहे पनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निगमले निर्णय गरेको हो ।

इण्डियन आयल कर्पोरेशनले मार्च १६ तारिखमा नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा बढाएको छ भने डिजेलमा प्रतिलिटर १२ पैसा घटेको छ ।