शिखर इन्स्योरेन्सको ९ महिनाको नाफा ३३ करोड, बीमा शुल्क आर्जन सवा एक अर्ब

0
Shares

शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३३ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो ८.४४ प्रतिशतले बढी हो।

कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा ३१ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले एक अर्ब २४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब २२ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुर्नबीमा कमिशन आयबाट २८ करोड २४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट १३ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड रहेको कम्पनीको जगेडा कोषमा ४१ करोड रुपैयाँ छ । शिखरको बीमा कोषमा एक अर्ब भन्दा बढी रकम सञ्चित छ । इन्स्योरेन्सको महाविपत्ति कोषमा ५ करोड २९ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ४० पैसा, प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ २८ पैसा, र मुल्य आम्दानी अनुपात २०.८९ गुणा बढी छ ।