एनआईसी एशिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

0
Shares

एनआईसी एशिया बैंक (NICA) ले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत एन आई सी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने बैंकले जनाएको छ ।

उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ ।

मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंक मार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहक महानुभावहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५६ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति: २० फाल्गुन २०७६, मंगलबार  १८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।