गुराँस लाइफको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले बिक्री गर्न लागेको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्त्मि दिन हो ।

इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि फागुन २२ गते बिहीबार बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार कम्पनीको हकप्रद फागुन २१ गते बुधबारसम्म शेयर खरीद गरि कायम रहेका लगानीकर्ताले मात्र पाउनेछन्।

इन्स्योरेन्स कम्पनीले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्स हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कम आधार जनाउँछ।

हाल ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको गुराँस लाइफको हकप्रद पछि १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ ।