प्रतिनिधि सभाको बैठक लाईभ

0
Shares

संघीय संसद अन्तर्गत २०७६ फागुन २१ गते बुधबार प्रतिनिधि सभाको पाँचौं अधिवेशन अन्तर्गत बुधबार दिनको १ः०० बजेदेखि बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको सफल मृगौला प्रत्यारोपणको कामना, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र, “कारागार विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरि कृषि तथा पशुपन्छी विकास मन्त्री श्री घनश्याम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजकै बैठकमा युवा तथा खेलकुद मन्त्री श्री जगतबहादुर सुनार (विश्वकर्मा)ले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५”, “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७६” लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै गृह मन्त्री रामबहादुर थापाले “अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धि माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। हाल यहि विषय उपर छलफल भैरहेको छ।

र बैठकको अन्त्यमा माघ २० गते मंगलबार उपचारको क्रममा मित्रराष्ट्र भारतमा ७४ वर्षको उमेरमा निधन भएका धर्म घिमिरेको शोक शोक प्रस्ताव पारित गर्नेछ। घिमिरे कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनमा क्रियाशील जनपक्षीय नेता तथा २०६४ सालको संविधान सभा निर्वाचनमा (तत्कालिन ने.क.पा. माओवादी) को तर्फबाट झापा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सदस्य रहेका थिए।

 

प्रकाशित मिति: २१ फागुन २०७६, बुधबार  १४ : ५२ बजे