नेप्सेमा थपियो ८९ लाख कित्ता बोनस शेयर

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फागुन २१ गते बुधबार लक्ष्मी बैंक (LBL) को ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको बोनस शेयर सूचीकृत भएको छ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट साधारण सभाबाट अनुमोदन गरेको चुक्ता पूँजीको १० प्रतिशत बराबरको ८९ लाख २० हजार ५०८ दशमलव ६४ कित्ता बोनस शेयर नेप्सेमा दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकृत भएको हो।

बैंकको पुस ६ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले चुक्ता पूँजी चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँको १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश अनुमोदन गराएको थियो।

उक्त बोनस साधारण सभाका लागि शेयर दाखिला खारेज मितिभन्दा अघिल्लो दिन (मंसिर २२) सम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्। ती लगानीकर्ताले हितग्राही खातामा आएपछि दोस्रो बजारबाट कारोबार गर्न सक्नेछन्।

बोनस वितरण पछि लक्ष्मी बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: २१ फागुन २०७६, बुधबार  १९ : ५६ बजे