सोल्टी होटलको नाफा ५२ प्रतिशतले बढ्यो, ९ महिनाको ब्यापार एक अर्ब ३१ करोड

0
Shares

सोल्टी होटलले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यहि अवधिमा होटलले १५ करोड १७ लाख रुपैयाँ कमाएको थियो ।

होटलको खुद नाफा गत वर्षको यहि अवधिको भन्दा ५२ प्रतिशतले बढेको हो । स्तरोन्नती गरी होटल संचालनमा आएपछि होटलको ब्यापार र नाफामा क्रमश सुधार भएको हो ।

होटलले सेवाको बिक्री मार्फत एक अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा १८ करोड ७८ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा होटलले एक अर्ब १३ करोड ९ लाख रुपैयाँ व्यापार व्यवसायबाट आमदानी गरेको थियो ।

यसै अवधिमा होटल संचालन खर्च एक अर्ब २ करोड नाघेको छ ।  यस्तै यस अवधिमा होटलले २९ करोड ३८ लाख रुपैयाँ होटल सञ्चालन नाफा कमाएको छ । गत आवको चैत मसान्तसम्ममा होटलले १९ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

होटलको शेयर पूँजी ६६ करोड ६० लाख रुपैयाँ छ भने जगेडा कोषमा ८९ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४७ पैसा, प्रतिशेयर नेटवर्थ २३ रुपैयाँ ४३ पैसा, र प्रतिशेयर आम्दानी अनुपात ५९ गुणा बढी छ ।

होटलले गत वर्षको मूनाफाबाट २६.३२ प्रतिशत लाभांश वितरण गरेको छ । होटलले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।