गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रदमा शेयरमूल्य समायोजन

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शतप्रतिशत हकप्रदको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको छ। नेप्सेले फागुन २२ गते बिहीबार इन्स्योरेन्सले जारी गर्न लागेको १ बराबर १ अनुपातमा हकप्रदमा शेयरमूल्य समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजित शेयरमूल्य अनुसार कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४७० रुपैयाँ निर्धारण भएको छ। बिहीबार इन्स्योरेन्सको शेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ।

इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न एनएमबि क्यापिटल लिमिटेडको बिक्री प्रबन्धकत्वमा प्रतिकित्ता १०० अंकित दरमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

हकप्रदमा फागुन २१ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले आवेदन दिन पाउनेछन्। उक्त हकप्रद निष्काशन गर्ने प्रस्ताव नवौँ वार्षिक साधरण सभाबाट अनुमोदन भएको थियो।

हकप्रद निष्काशन तथा बाँडफाँड पश्चात गुँरासको चुक्ता पूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।