एनएलजी इन्स्योरेन्सको ३८ करोडको हकप्रद बिक्री खुल्यो

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले ३८ करोड ४२ लाख ४३ हजार ७५० रुपैयाँ बराबरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको छ

इन्स्योरेन्सले फागुन २२ गते बिहीबार देखि चुक्ता पूँजीको ६० प्रतिशत (१० बराबर ६ कित्ता अनुपात) बराबरको हकप्रद शेयर निष्काशन गरेको हो।

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनको शाखा कार्यालय तथा मेरो शेयरबाट चैत १२ गतेसम्म आवेदन गर्न पाइनेछ। यसैगरि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ। यसमा माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्।।

इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपि आईपिओ ग्रेड ३‘ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत रहेको बुझाउँछ।

हकप्रद निष्काशन पश्चात एनएलजीको चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ कायम हुनेछ।