यो साता निकै उतारचढाबपूर्ण देखिएको शेयर बजार परिसूचक नेप्से अन्तिम दिन बिहीबार सामान्य घटेको छ । बजार घट्दा कारोबार रकममा समेत गिरावट देखिएको छ ।
बजारमा उतारचढाब कायमै रहँदा नेपाल लाइफको शेयर किनबेच उच्च रहेको छ । पछिल्लो केहिदिन यता नेपाल लाइफको शेयर कारोबार उच्च हुँदै आएकोमा विहीबार पनि नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ ।
कुल १७९ कम्पनीको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर २ अर्ब ४५ करोड ७० लाख बराबरको किनबेच भएकोमा नेपाल लाइफको मात्रै ३७ करोड बढीको किनबेच भएको छ ।
नेपाल लाइफपछि एनएमबि बैंकको १२ करोड बढीको कारोबार भयो। एनआईसी एशिया, मञ्जुश्री फाइनान्स लगायतको उच्च कारोबार भएको छ।
मञ्जुश्री फाइनान्सको लगातार मूल्य बढ्ने क्रममा बिहीबार पनि सकारात्मक सर्किट लागेको छ । मञ्जुश्रीलाई एनआईसी एशिया बैंकले खरिद गर्ने हल्ला चलेपछि यसको शेयर मूल्य निरन्तर बढी रहेको छ।
राद्यी विद्युत, बोटलर्स नेपाल तराई लगायतका कम्पनी पनि उच्च शेयर मूल्य बढ्ने कम्पनीमा परेका छन्।
नेपाल हाइड्रो डेभलपर र दोलखा हाइड्रो लगायतको शेयर मूल्य उच्चदरले बढेको छ। यसदिन नेप्से ५.५० अंकले घटेर १४३५.७० अंकमा झरेको छ।










प्रतिक्रिया