स्वावलम्बनको २६ प्रतिशत बोनस नै वितरण हुने, आशंका नगर्न कम्पनीको आग्रह

0
Shares

स्वावलम्बन लघुवित्त (SWBBL) ले आफ्ना शेयरधनीलाई साधारण सभाबाट पारित भएको लाभांश नै वितरण गर्ने जनाएको छ।

लघुवित्तको वित्तीय अवस्था सबल भई साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएर नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको १४ प्रतिशत लाभांश उपलब्ध गराइसकेको र २६ प्रतिशत बोनस शेयरका लागि रकम छुट्टाइसकेका हुँदा नियमनकारी निकायबाट स्वीकृत गराई शेयरधनीलाई तोकिएको प्रतिफल दिन संस्था तयार रहेको जनाएको हो ।

लघुवित्तले कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन १३ गते कम्पनी अद्यावधिक र पूँजीवृद्धि सहितको प्रबन्धपत्र तथा नियमावलीमा भएको संसोधन अभिलेख सम्बन्धि पत्रलाई कार्यान्वयन नगराइदिन नेप्सेलाई जानकारी गराएकाले सभाबाट पारित २६ प्रतिशत बोनस समयमा नै उपलब्ध नहुने हो कि भन्ने आशंका मात्र शेयर सूचीकरण स्थगन भएको कम्पनीले स्पष्ट पारेको हो।

लघुवित्त कम्पनीले पुस २० गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश पारित गरेको थियो।

प्रकाशित मिति: २३ फागुन २०७६, शुक्रबार  १६ : ५६ बजे