नेप्सेमा थपियो ३ करोड ५९ लाख कित्ता शेयर

0
Shares

धितोपत्र बजारमा यस साता ३ करोड ५९ लाख ७ हजार ९७ कित्ता शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण भएको छ। तीन वाणिज्य बैंक, दुई विकास बैंक, र दुई लघुवित्त कम्पनीको गरि ७ कम्पनीको धितोपत्र सूचीकरण भएको हो।

नेप्सेका अनुसार १कम्पनीको हकप्रद र ६ कम्पनीको बोनस शेयर सूचीकरण भएको हो। जसमा नबील बैंकको सबैभन्दा धेरै १ करोड ८ लाख ५६ हजार ५२० कित्ता बोनस शेयर रहेको छ ।

यसैगरि सिद्धार्थ बैंक ९० लाख १ हजार ६२६ कित्ता, लक्ष्मी बैंक ८९ लाख २० हजार ५०८ कित्ता, ज्याति विकास बैंकको ३९ लाख ५२ हजार ५४९ कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० कित्ता, सबैको लघुवित्तको २ लाख १४ हजार ५०० कित्ता बोनस रहेको छ । यस्तै एनएमबि लघुवित्तको २४ लाख ३० हजार ९३ कित्ता हकप्रद शेयर पनि यसै साता सूचीकरण भएको नेप्सेले जनाएको छ।

सबै कम्पनीको शेयर सम्बन्धित कम्पनीको बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन्।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिबार  १८ : ५५ बजे