जनसेवी र स्वाभिमान लघुवित्तमा अधिक आकर्षण, न्यून आवेदकले मात्र शेयर पाउने

0
Shares

जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तको आईपिओमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ । अन्तिम दिन मंगलबार साँझसम्म जनसेवीमा १४.२३ गुणा र स्वाभिमानान ३२.६६ गुणा बढी आवेदन परेको हो । अत्याधिक मागको कारण आईपिओमा आवेदन गरेका न्यून आवेदकले मात्र शेयर पाउने भएका हुन।

जनसेवी लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३ लाख ३६ हजार ८५१ वटा आवेदनबाट ६१ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको ६१ लाख ६२ हजार ९८० कित्ता माग भएको छ ।

उता स्वाभिमान लघुवित्तको सिद्धार्थ क्यापिटलका अनुसार आईपिओमा ३ लाख २७ हजार ४४७ आवेदकबाट ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको ६० लाख ६१ हजार ७७० कित्ताको माग परेको छ।

बैशाख २७ गतेदेखि जनसेवीले सामुहिक लगानीकोष र कर्मचारीका लागि छुट्टाएर बाँकी ४ लाख ३२ हजार ९९० कित्ता र स्वाभिमानले एक लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरेका थिए ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने आईपिओ बाँडफाँडमा जनसेवीको आईपिओमा १३% र स्वाभिमानको आईपिओ ५% आवेदकले मात्र आईपिओ पाउने देखिन्छ ।

दुवै कम्पनीको आईपिमा परेको यो आँकडा अन्तिम नभएकाले अन्तिम आँकडामा सामान्य थपघट हुनसक्ने जनाइएको छ।