शेयर कारोबार दुई दिन ठप्प, मंगलबार मात्रै खुल्ने

0
Shares

आइतबार र सोमबार शेयर कारोबार नहुने भएको छ। आइतबार महिला दिवस र सोमबार फागुपूर्णिमाको सार्वजनिक विदा रहेकाले अब मंगलबारदेखि मात्र नेपाल स्टक एक्सचेञ्जमा शेयर खरीद बिक्री हुने भएको हो।

हरेक वर्ष जस्तै यो वर्षको मार्च ८ तारिखको दिन आज (फागुन २५ गते) पनि ११० औं अन्तर्राष्ट्रिय नारी दिवस धुमधामसँग मनाइँदैछ । सन् १९११ मार्च ८ देखि यो दिवस मनाउन थालिएको हो।

महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध क्लारा जेट्किनले नारी मुक्ति आन्दोलन थालेको दिनको स्मरणमा यो दिवस विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

फागुन २६ गते सोमबार फागुप्रर्णिमा पर्व परेको छ। पहाडि क्षेत्रमा सोमबार नै यो पर्व मनाउने भएकाले सरकारले उपत्यकासहित पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ।

निकै उतारचढाबपूर्ण देखिएको शेयर बजार सूचक नेप्से गत बिहीबार ५.५० अंकको सामान्य गिरावटसँगै १ हजार ४३५ दशमलव ७० अंकमा अडिएको छ। अब फागुन २७ गते मंगलबार यहि बिन्दुबाट शेयर कारोबार सुचारु हुनेछ।

र यो पनि…..

प्रकाशित मिति: २५ फागुन २०७६, आइतबार  ११ : ३३ बजे