हेमाज् म्यानुफ्याक्चरिङ्गका कुमारिका र बेबी शेरामी ब्राण्ड नेपाली बजारमा

0
Shares

श्रीलंकन कम्पनी हेमाज् म्यानुफ्याक्चरिङ्गका उत्पादनहरु बजारमा उपलब्ध हुन थालेका छन्। हात, मुख र कपाल तथा बच्चाको हेरचाहका कुमारिका र बेबी शेरामी ब्राण्डका उत्दानहरु औपचारिक रुपमा नेपालमा पनि बिक्री वितरण सुरु भएको हो।

दुबै ब्रण्डका उत्पादन नेपालमा नमस्ते ट्रेड लिंकले बिक्री वितरण थालेको हो। नमस्तेद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा हेमाजका उत्पादन उक्त कम्पनीका निर्देशक रोय जोसेफ र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सार्वजनिक गरेका हुन्।

हेमाजका उत्पादनहरु बेबी केयरतर्फ साबुन, स्याम्पु, क्रिम र लोसन छन् भने ओरल केयरतर्फ मन्जन र माउथवास छन । छाला र कपालका लागि तेल, कन्डिस्नर, स्याम्पु, सिरम, अत्तर, सेनेटरी न्यापकिन लगायत रहेको कम्पनीले जनाएको छ।

हेमाजले आफ्ना हर्बल उत्पादनहरू भारत, अष्ट्रेलिया, मलेशिया र माल्दिभ्सलगायतका धेरै मुलुकका बजारमा पनि बिक्री गरिरहेको छ। विगत ७० वर्ष देखि हेमाजले यातायात, स्वास्थ तथा अन्य क्षेत्रमा काम गर्दै आएको छ।

सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीको सहकार्यमा हेमाजले कोलोन, क्रीम, लोसन, सावन, पाउडर र अन्य बालबालीकाका उत्पादनहरु बजारमा ल्याउने गरेको छ।