नेप्सेमा उच्च अंकको गिरावटसँगै खरीदकर्ता भेटिन छाडे, नेप्से १४ सय मुनि

0
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहीबारपछि यस साताको मंगलबार पहिलो कारोबार खुलेपनि उच्च अंकले घट्दा बजार अझ घट्ने डरले शेयर खरीदकर्ता भेटिन मुस्किल पर्न थालेको छ ।

शेयर कारोबार १ घण्टा अवधिमा बजारमा खरीद भन्दा बिक्री चाप उच्च देखिएको छ । यस अवधिमा नेप्सेमा ५७ अंक बढी गिरावट आएको छ भने कारोबार रकम ६३ करोड बराबरको भएको छ । दैनिक ३,४ अर्बको शेयर कारोबार हुने बजारमा यस कारोबारलाई आधार मान्ने हो साढे २ अर्बको कारोबार पनि नहुने देखिन्छ। कारोबारमा आउका सबै उपसमूहका सूचक ऋणात्मक रहेको छ। एक दर्जनभन्दा कम कम्पनीको मात्र शेयरमूल्य बढेको छ भने बाँकी सबैको घटेको छ।

बिक्री चाप उच्च भएपनि कतिपय कम्पनीको शेयरमा खरीदकर्ता शुन्य रहेको छ । नेप्सेमा सूचीकृत सबैभन्दा धेरै चुक्ता पूँजी रहेको नेपाल टेलिकमको मुलय प्रतिकित्ता १६ रुपैयाँ घटेर ६४२ मा झर्दा पनि यस कम्पनीको शेयर खरीदकर्ता ६३४ मा २०० कित्ता मात्र रहेको छ । अन्य कम्पनीहरुको मार्केट डेप्थको अवस्था पनि उस्तै छ । सबैजसो कम्पनीको शेयरमा खरीद भन्दा बिक्री चाप उच्च छ। 

स्ट्याण्डर्ड चार्टड बैंकको शेयरमूल्य पनि ८५० भन्दा बढी पुगेकोमा हाल ६६६ रुपैयाँ हाराहारीमा झरिसकेको छ। बुलिस बजारमा साढे जसरी शेयरमूल्य उफ्रिएका कम्पनीको शेयरमूल्य त्यसरी नै घटेको छ। सबैभन्दा बढी उछाल आएको लघुवित्त उपसूचक सोही अनुसार घटिसकेको छ । जीबन बीमा र निर्जीबन बीमा सूचकमा पनि उच्च गिरावट आएको छ।

मंगलबार कारोबार खुलेको १ घण्टा अवधिबीचमा एनआईसी एशिया बैंक र नेपाल लाईफको ५ करोड बढीको शेयर कारोबार भएको छ। नेप्से १ हजार ३७८ बिन्दुमा झरेको छ।

 

तीब्र गतिमा फैलिएको कारोना भाइरसले विश्व अर्थतन्त्र नै डगमगाउने डरका कारण विश्व पूँजीबजारसँगै नेपालमा पनि त्यसको असर परेको छ । भारतीय सहित विश्वका सबैजसो पूँजीबजारमा ठूलो गिरावट आएको छ।

तेलको मूल्यमा आएको एतिहासीक गिरावटका कारणले उर्जा उद्योग तथा व्यवसाय गर्ने कम्पनीहरुले करिब १०० अर्ब डलर गुमाएको अनुमान गरिएको छ । उता डलरको भाउमा वृद्धि हुँदा नेपाली मुद्रा कमजोर बन्न पुगेको छ।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  १२ : १३ बजे