पूँजीबजारलाई सकारात्मक सम्बोधन गर्न लगानीकर्ताद्धारा नियामक निकायसँग माग

0
Shares

शेयर बजारमा मंगलबार तेस्रो पटक नकारात्मक सर्किट लागेर सवा दुई घण्टामा नै कारोबार बन्द भएपछि लगानीकर्ताका दुई संगठनले विज्ञप्ती जारी गरेर नियामक निकायसँग पूँजीबजारलाई यथासक्य छिटो सम्बोधन गर्न माग गरेका छन्।

नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघ नेपालले पूँजीबजारमा सबै कुरा सकारात्मक अवस्था रहँदा रहँदै पनि बजारमा अस्वभाविक गिरावट आएको भन्दै नियामक निकायसँग यस्तो प्रवृत्तिको कारण र अवस्थाको बारेमा विश्लेषण गरि समाधानको उपायहरु तत्काल कार्यान्वयन गर्न भनेका छन्।

उनीहरुले समग्र आर्थिक अवस्थामा नकारात्मक अवस्था नदेखिएको, सुधारका कार्यक्रहरु कार्यान्वयन हुँदै गइरहेको र पूँजीबजारमा कारोबार हुने कम्पनीहरुको नाफामा कुनै नकारात्मक प्रभाव नदेखिएको भन्दै लगानीकर्तालाई कोरोना र अन्य नाकारात्मक अफवाहको पछि नलागी आफ्नो स्वविवेक प्रयोग गरि शेयर कारोबार गर्न समेत अनुरोध गरेका छन्।

साथै नेप्सेमा आएको अप्रत्यासित गिरावटबाट लगानीकर्तामा पर्न गएको नोक्सानीप्रति ध्यानकर्षण भएको भन्दै चिन्तित र मर्माहत भएको समेत उल्लेख छ।

प्रकाशित मिति: २७ फागुन २०७६, मंगलबार  १७ : ४४ बजे