ट्याक्सी चालक आन्दोलित भएपछि टुटल र पठाओ रोक्नेगरी आयो सरकारी सूचना

0
Shares

टुटल र पठाओले कानून विपरित सार्वजनिक सेवा प्रदान गरेको भन्दै ट्याक्सी व्यवसायी तथा चालकहरु आन्दोलित भएपछि सरकारले टुटल र पठाओ रोक्नेगरी सूचना जारी गरेको छ।

यातायात व्यवस्थता विभागले एक सूचना जारी गर्दै विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न भनेकोे छ । विभागले कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

टुटल र पठाओले सस्तो भाडादरमा यात्रु बोकेको विरुद्धमा गत शुक्रबारदेखि आन्दोलनमा उत्रिएका ट्याक्सी चालकहरुले मंगलबार मिनभवन स्थित यातायात व्यावस्था विभाग घेराउ गरेका थिए।

विभागले गत मंसिरमा एक सूचना जारी टुटल र पठाओको नाम उल्लेखनगरी सेवा बन्द गर्न निर्देशन दिएको थियो।