एक वाणिज्य बैंक सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

0
Shares

फागुन २९ गते बिहीबार एकैदिन सेञ्चुरी कमर्सियल बैंक सहित वोमी लघुवित्त र अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

तीनवटै कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि तोकेको शेयर दाखिला खारेजी गर्ने मिति अनुसार बिहीबारसम्म कायम हुने लगानीकर्ताले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्। सेञ्चुरी बैंक वोमी लघुवित्तले फागुन ३० र अपि पावरले चैत १ गते बुकक्लोज मिति निर्धारण गरेको हो।

  • सेञ्चुरी बैंक (CCBL)

सेञ्चुरी ले गत आव २०७५।७६ को मुनाफाबाट बोनसको कर सहित ४.७५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश अनुमोदनका लागि बैंकले चैत १४ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे साधारण सभा डाकेको छ। बैंकको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य १८५ रुपैयाँ छ।

  • वोमी लघुवित्त (WOMI)

वोमी लघुवित्तले गत आव २०७५/७६ को मुनाफाबाट असार मसान्तको पूँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।सो पश्चात हकप्रद र नागरिक लघुवित्त समेत मर्जर भएकाले पछिल्लो पूँजी अनुसार लघुवित्तको शेयरमा लगानी गर्ने लगानीकर्ताले १०.००५७ प्रतिशत बोनस र ०.५२६६ प्रतिशत नगद पाउनेछन्।

लाभांश अनुमोदनका लागि लघुवित्तले चैत १६ गते धुलिखेलस्थित जुगल होटलको सभाहलमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ।

लघुवित्तको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य १ हजार ८० रुपैयाँ छ।

  • अपि पावर (API)

अपि पावर ले गत आव २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश अनुमोदनका लागि कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेटमा बिहान ११ बजे १६ औं वार्षिक साधारण सभा डाकेको छ।  अपि पावरको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य १३५ रुपैयाँ छ।

र यो पनि….

प्रकाशित मिति: २९ फागुन २०७६, बिहीबार  ०९ : ३६ बजे