बैंशाखको अन्तिम सातामा १२ अर्व निक्षेप थपियो


स्रोत अभावको समस्या झेलिरहेको बैंकिङ प्रणालीमा बैंशाखको अन्तिम सातामात्र १२ अर्व रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरुले ४ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् ।
बैंशाखको सुवातीमा बैंकिङ प्रणालीवाट निक्षेप बाहिर गएको भएपनि अन्तिम सातामा बैंकिङ प्रणालीमा फर्केको हो । तर, औसतमा बैशाख महिनामा ६ अर्व रुपैयाँ थपिएको हो । बैंशाखको पहिलो साता २७०२ अर्व रुपैयाँ निक्षेप रहेकोमा महिना समाप्तीमा २७०८ अर्व पुगेको छ ।

बैंशाख दोस्रो साता ७ अर्व रुपैयाँ निक्षेप झिकिएको थियोे । त्यसैगरी तेस्रो सातामा एक अर्व निक्षेप वढेको थियो । गत चैत अन्तिम देखि बैंकहरुको निक्षेप घट्न थालेको भएपनि बैंशाखको अन्तिम देखि पुन वढ्न थालेको हो ।

तर, बैंशाखको अन्तिम सातामा बैंकहरुले कर्जा विस्तार भने गर्न सकेका छैनन । बैंकहरुले आर्थिक वर्ष समाप्तीको अन्तिम त्रैमास भएको हुनाले पनि कर्जामा धेरै केन्द्रीत नभएका हुन । अहिले पनि अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ७९ रहेको छ ।

निक्षेपको अभाव भएपछि बैंकहरुले नयाँ निक्षेप नभएसम्म कर्जा प्रबाह गर्न नसक्ने अवस्था अझै पनि कायम नै छ । चौथो त्रैमासमा सरकारी खर्च पनि वढ्ने भएकाले आगामी दिनमा बैंकहरुमा निक्षेप वढ्न जान्छ । तर, बैंकहरुले छोटो अवधीका लागि कर्जा लगानी भने विस्तार गर्दैनन । गत आर्थिक वर्षमा जस्तै अहिले पनि आर्थिक वर्षको अन्तेमा मात्र बैंकिङ प्रणालीमा निक्षेप थपिने देखिएको छ । यसले आगामी दिनमा पनि बैंकहरुलाइ सन्तुलित भएर लगानी गर्न सुझाउछ ।

बैंकहरुको अनुरोध अनरुप सरकारले खर्च नगरेपनि स्थानीय सरकारलाई विनियोजन गरेको रकम बैंक खातामा पठाउने निर्णय भएपछि त्यसले केही सहज भने भयो । तर, त्यो दिर्घककालीन समाधान भने भएन । अहिलेको सरकारी धुकुटीमा १३० अर्ब जम्मा भएर बसेको छ ।.

सरकारी धुकुटीमा पैसा थन्कीएर बसेको हुनाले अहिले बैंकहरुसंग कर्जा लगानी गर्न योग्य रकमको नभएको बैंकर बताउछन् । उच्च दरमा वढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरुले भद्र सहमती गरेर निश्चित सिमा तोकेका छन । चालु आर्थिक वर्षको बैंशाख २७ गतेसम्ममा बैंकहरुले कुल २७०८ अर्ब निक्षेप संकलन गरी २४४७ अर्व रुपैयाँ कर्जा प्रबाह गरेका छन ।