नागरिक लगानी कोषको वार्षिकोत्सवका अवसरमा ५० जनाले गरे रक्तदान

0
Shares

नागरिक लगानी कोष (CIT) ले ३० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना ग¥र्यो ।

शुक्रबार भएको सो रक्तदानमा कोषका कर्मचारी र अन्य सहभागी गरी करिव ५० जनाले रक्तदान गरेको कोषले जनाएको छ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कोषले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । रक्तदान कार्यक्रमको सुरुवात कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् ।

सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्र कुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुखहरु शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे लगायतको उपस्थिती रहेको थियो ।