एनएमबि बैंकले ओम डेभलपमेन्टलाई गाभ्ने, सम्झौता विहीबार

0
Shares

एनएमबि बैंकले पोखराको ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । प्राइम बैंकसँग गाभिने प्रक्रिया अन्तिम चरणमा आएर भाँडिएपछि ओम डेभलपमेन्ट एनएमबि बैंकमा विलिन हुन तयार भएको हो ।

बिहिबार दुई बैंकले गाभ्ने/ गाभिने सम्बन्धी सम्झौता गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार स्वाप रेसियो डिडिए पछि तय गर्ने दुई बैंकको सहमति भएको छ । यद्यपी ओमले १००:८० को स्वाप माग गरेको बताईएको छ । डीडीए बाट पनि स्वाप अनुपात निर्धारण हुन सक्ने स्रोतले नोटबजारलाई बतायो ।

तीन महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको छ ।

हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ ।

प्राइम र ओमबीच उच्च तहका कर्मचारी संयोजनमा कुरा नमिलेपछि गाभिने प्रक्रिया भाँडिएको थियो । एनएमबि र ओमबीचको गाभ्ने /गाभिने प्रक्रियामा सो समस्या नदोहोरीने विश्वास दुवै बैंकका उच्च व्यवस्थापकले लिएका छन् ।